
सोचे भन्दा भिन्न लाग्ने जिन्दगी यो अनन्त यात्रा भरि जति तिमिले मेरो साथ दियौ, सायद म यो जुनि भरि मा कहिलै भुल्न सक्दिन। सोचे जस्तो नहुने जिन्दगीको यथार्थलाई सायद तिमिले पनि बुझेकि छौहोलि। त्यसैले तिम्रो नाममा श्वेत पाना भरि केहि भावना हरु पोख्न खोजिरहेको छु। अंध्यारो रात, अनि पुराना बिगतका तीतामीठा पलहरु मानस्पटलभरि किताबका पाना पल्टिएसरि पल्टिदिदा, तिमि मेरो नजिकै भैदिए कस्तो हुन्थ्यो भन्ने भान पर्छ। यतिबेला तिमिलाई धेरै याद गरि रहेको छु। किनकिन आज मन उदास उदास छ। मनभरि एककिसिमको सन्नाटाले आंखाहरु भरिन खोजे जस्तो लागिरहेछ। तिमि जहां जस्तो अबस्थामा भएपनि मेरो कामना खुसि हुनु, मुस्कान कहिल्यै तिम्रो ओठबाट नहटोस्।। बिदा।